धादिङ । अपाङ्गता पुनस्र्थापन समाज नीलकण्ठ -३, धादिङकाे आयाेजना र सामाजिक बिकास मन्त्रालय अन्तरर्गत गजुरीकाे कार्यमलयकाे आर्थिक सहयाेगमा २ दिने व्यवसाय सञ्चालन तालिम सहितकाे विउपुजी वितरण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा धादिङ जिल्ला भित्रका १३ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहका २१ जना व्यक्तिहरूलाई प्रती व्यक्ति १८००० हजारका दरले विउपुजी वितरण गरिएकाे हाे ।

उक्त अपांगता पुनस्थापना केन्द्र धादिङका अध्यक्ष अस्विन लम्सालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा, नीलकण्ठ नगरपालिकाका उप- प्रमुख दिपक विश्वकर्माकाे प्रमुख आतिथ्यता र अतिथिहरूमा सामाजिक विकास कार्यालय गजुरीकि कर्मचारी सुशिला सुवेदी, नीलकण्ठ नगर पालिका वडा नम्बर-३ का का.बा. अध्यक्ष सन्ताेष थापा, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायत अपाङ्गता भएका २१ जना सहित ३० जनाकाे  उपस्थिति रहेकाे थियोे ।

संघीय, प्रदेश र स्थानीय सरकारले अपाङ्गता क्षेत्रमा बढी ध्यान दिनु पर्ने र मेराे स्थानीय तहबाट आगामी दिनमा अपाङ्गता भएका व्यक्तिले व्यवसाय दर्ता गर्दा लाग्ने शुल्कमा छुट गराउन पहल गर्न सहयाेग गर्ने छु भन्नू भएकाे छ ।
उक्त कार्यक्रममा श्याम मगराती र तारानाथ सिग्देलले सहजीकरण गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0