धादिङको गल्छी गाउँपालिका वडा नम्बर -४ मा रहेको धार्मिक र एतिहासिक महत्व बोकेको किरान्चोक रणकालिका मन्दिरमा बृहत मेला तथा सांस्कृतिक कार्यक्रम आज आयोजना गरिएको छ ।

पृथ्वीराजमार्गको मासटारबाट छ किलोमिटर दुरीमा रहेको रणकालिका मन्दिरमा यातायातको साधन सजिलै पुऱ्याउन सकिन्छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको रणकालिका मन्दिर किराँत कालमा स्थापना भएको विश्वास गरिन्छ । रणकालिका मन्दिरमा भाकल गरेमा आफूले सोचेको मागेको पूरा हुने जनविश्वास रहेको छ ।

पहिले पहिले किराञ्चोक, पीडा, बैरनीका स्थानीयले मन्दिरमा नियमित रुपमा हरेक घरबाट बत्ती बाल्ने, भाकल बत्ती र फूलको डोली ल्याउने गरिन्थ्यो । पछिल्लो समय यो चलन हराउँदै गएकाले पुर्नजागरण गर्न जात्रा आयोजना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्षले शंकर भण्डारीले बताए ।

धादिङ जिल्लाका विभिन्न भागका साथै चितवन, गोरखा, तनहुँ, कास्की, मकवानपुर, नवलपरासी, नुवाकोट, काठमाडौं, ललितपुर र देशका अन्य जिल्लाबाट पनि यो मन्दिरमा भाकल पूरा गर्न भक्तजन आउने गरेको स्थानिय मिन बहादुर रानाले बताउनु भयो । विशेष तिथि र पर्वमा मात्रै नभइ मन्दिरमा पुजा गर्न टाढा टाढादेखि दिनहुँ मानिसहरु आउने गरेका छन् ।

साविकको किरञ्चोक र बैरेनी गाविस तत्कालिन किराञ्चोकमा पर्थ्यो। यस भेगबाट बसाइ सरेर अन्यत्र गएकाहरुले अहिलेपनि जन्मथलो किराञ्चोक भन्ने गरेका छन् । यहाँबाट पनि किराञ्चोक र किराँत चोकको सम्बन्ध स्पष्ट हुन्छ । किराञ्चोक कालिकाका नाममा चर्चा कमाएको कालिका देवताको नाम पछि रणकालिका बनाइयो ।
रणकालिका मन्दिर इष्ट देवीको रुपमा र दैवी शक्तिको रुपमा प्रख्यात रहेक छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस रणकालिका मन्दिर ३०० वर्ष अगाडि पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियानमा सहभागी हुन जाँदा आशीर्वाद मागेर र युद्धमा सामेल हुँदा सफलता मिलेको किम्बदन्ती रहेको छ ।

रणकालिका मन्दिरमा संस्थागत रुपमा आयोजना गरिएको पहिलो जात्रा हो। यसअघि भक्तजनले आफूखुसी तिथी मिलाएर आउने गरेका थिए । वार्षिक रुपमा २० हजारको हाराहारीमा पुजा हुने गरेको छ । यसलाई अझ व्यवस्थित र रोचक बनाउन जात्रा आयोजना गरिएको हो । जात्रामा गल्छी र गजुरी गाँउपालिकासहित विभिन्न जिल्लाबाट नियमित, भाकलको साथै आन्तरिक पर्यटकको बाक्लो उपस्थित हुने छ। यसको आधारमा केही शिर्षक दिन सकिन्छ कि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0