धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७, सिउरेनीमा तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व सोनाम ल्होछार भव्य रूपमा मनाइने भएको छ। कार्यक्रम संयोजक पपुलाल गुरुङका अनुसार यस पटक तामाङ सेलो नृत्य प्रतियोगिता र बृहत सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण हुनेछन्।

कार्यक्रममा स्थानीय लामा नाच, झाँक्री नाच लगायत तामाङ संस्कृति झल्किने विविध प्रस्तुति हुनेछ। साथै, नवप्रतिभाशाली स्थानीय कलाकारहरूले आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। तामाङ सेलो नृत्य प्रतियोगिताले विशेष चर्चा पाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको अर्को विशेष आकर्षण गायक, संगीतकार, तथा पत्रकार सन्दिप स्याम्चेन तामाङ र चर्चित गायिका सन्जु लामाको बेजोड संगीतिक प्रस्तुति हुनेछ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमरकट्टेल प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्।

कार्यक्रम संयोजक गुरुङले यस ठाउँमा हरेक वर्ष सोनाम ल्होछार पर्व धूमधामका साथ मनाइने जानकारी दिए। यसले तामाङ समुदायको संस्कृति, परम्परा र एकताको प्रतिविम्ब झल्काउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0