बावुराम फ्युवा
धादिङ, २६ माघ २०८१
धादिङ जिल्लाको खनियाबास गाउँपालिका स्थित कुरी स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर भवन निर्माण को शिलान्यास गरिएको छ। आज आयोजित कार्यक्रममा संविधान सभा सदस्य माननीय दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा भारतीय दूतावासकी काउन्सिलर गीताञ्जली ब्रान्डन ले संयुक्त रूपमा शिलान्यास गर्नुभयो।

उक्त भवन भारत सरकारको आर्थिक सहयोगमा सञ्चालन भएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत नेपाल-भारत विकास सहकार्य मार्फत निर्माण हुन लागेको हो।

शिलान्यास समारोहकै अवसरमा संविधान सभा सदस्य दिलमान पाख्रिन र भारतीय दूतावासकी काउन्सिलर गीताञ्जली ब्रान्डन सहितको टोलीले बृचेत मावि को अवलोकन समेत गरेको थियो। विद्यालय परिवारले अतिथिहरूलाई भव्य स्वागत गरेको थियो।

यस परियोजनाबाट स्थानीय बासिन्दाहरूलाई सुरक्षित प्रसव सेवा र मातृ-शिशु स्वास्थ्य सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ।

धादिङको उत्तरी क्षेत्रमा भारतीय दुतावासको उच्च अधिकारीको भ्रमण समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0