धादिङ । नेत्रावती डवजोङ गाउँपालिकामा पर्ने सेमजोङमा प्रहरी चौकी स्थापनाको १८ वर्षपछि पक्की सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न भएको छ।
भवनको अभावमा १८ वर्षदेखि अस्थायी टहराबाट कार्य सञ्चालन गर्दै आएको सेमजुङ प्रहरी चौकी ले अब सामान्य सुविधा सम्पन्न भवनबाट आफ्नो सेवा सुरु गरेको छ। उत्तरी धादिङको सेमजङमा २०६३ सालमा स्थापना भएको सेमजोङ प्रहरी चौकीको लागि आवश्यक सुविधायुक्त भवन निर्माण हुन सकेको थिएन। बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट सेमजोङमा हालै प्रहरी चौकी भवन निर्माण गरिएको हो।
नव निर्मित भवनको आज बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने र बाग्मती प्रदेश प्रहरी प्रमुख नायव महा निरीक्षक कृष्णहरी शर्माले उद्घाटन गर्नु भयो ।






