धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका-२, आरुघाट नजिकै बुढीगण्डकी खोलाको बीच भागमा एक पुरुषको शव फेला परेको छ।

बुढीगण्डकी खोलामा आधा शरीर देखिएको अवस्थामा अन्दाजी ४०/ ४२ बर्षको एक पुरुषको शव देखिएको त्रिपुरासुन्दरी गाँउपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर खत्रिले बताएका छन् ।

अहिले प्रहरी र स्थानीयवासीको सहयोगमा शव पानीबाट निकालिएको र सल्यानटार प्रहरी घटना स्थलमा पुगेको पनि खत्रिले बताएका छन् । मृतकको पहिचान भने खुल्न बाँकी रहेको छ।

यस क्षेत्र वरपर कोही बेपत्ता भएका छन् भने वा खोलाले बगाएको आशंका भएमा तुरुन्तै सल्यान्टार प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गरिएको छ। शवको पहिचान र घटनाको थप अनुसन्धान जारी रहेको र धादिङबाट थप प्रहरीहरु घटना स्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1