पोखरा – लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ आई नेपालको तेस्रो महाधिवेशन हिजो पोखरामा सम्पन्न भएको छ। महाधिवेशनबाट आगामी लायन वर्ष २०२५-२०२६ का लागि नयाँ नेतृत्व चयन गरिएको छ।
यस महाधिवेशनबाट लायन पार्वती खरेल पाण्डे डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित हुनु भएको छ। त्यस्तै, फर्स्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन सुर्य कुमार केसी र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन शिलेन्द्रमोहन भट्टराई निर्वाचित भएका छन्।
त्यस्तै गरि लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ आईको तेस्रो राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतरूपमा “100% Yes Vote” प्राप्त गरि International Director Endorsee का रूपमा लायन राजन लम्साल चयन भएको छ ।
नव-निर्वाचित डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले आफ्नो कार्यकालमा लायन्स क्लबको सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उनले स्वास्थ्य, शिक्षा, तथा सामाजिक सेवा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्ने बताउनुभयो।
महाधिवेशनमा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ आईसंग आवद्ध सदस्यहरू, पदाधिकारीहरू तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले लायन्स क्लबले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ आई नेपालले विगतका वर्षहरूमा समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। नव-निर्वाचित नेतृत्वको कार्यकालमा यसलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।






