रास्वपा सभापति तथा पुर्व गृहमन्त्रि रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ।

सर्वोच्चका न्यायाधीशहरु हरिप्रसाद फुयाल र अब्दुल अजीज मु्सलमानको इजलासमा सुनुवाइ सकिएको हो। रिटमाथिको सुनुवाइ सकिएकाले आजै आदेश आउने संभावना छ। यसअघि सोमबार सुनुवाइका लागि पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो।

आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले आफ्ना श्रीमानको रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेकी थिइन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय, रुपन्देही जिल्ला अदालत रुपन्देही, उच्च अदालत तुलसीपुर बुटवल इजलास,जिल्ला प्रहरी परिसर भद्रकाली,कारागार कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देही र  जिल्ला प्रहरी कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देहीलाई विपक्षी बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0