काठमाडौं । द भ्वाईस अफ नेपाल सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जितेका छन्।
शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएहुन ।
सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि जितेसँगै पाण्डेले रु २० लाख नगद र दुईवटा प्रायोजकबाट एकएक लाख नगद पुरस्कार प्राप्त गरेका छन्।
कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।






