धादिङ, वैशाख २२ – नियमित बजार अनुगमनका क्रममा आज मिति २०८२ साल वैशाख २२ गते धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेका विभिन्न २७ वटा व्यवसायिक फर्म तथा संस्थाहरूको अनुगमन गरिएको छ।

अनुगमन टोलीले होटल तथा खाजाघर ७, खाद्यान्न तथा किराना पसल ८, स्वास्थ्य सेवा तथा फार्मेसी २, हार्डवेयर १, मासु पसल १, फलफूल पसल २ र अन्य ६ वटा गरी जम्मा २७ वटा व्यवसायमा अनुगमन गरेको हो।

अनुगमनको क्रममा व्यवसाय दर्ता तथा नविकरण स्थिति, भ्याट/प्यान दर्ता, सरसफाइ अवस्था तथा तोकिएका मापदण्डहरू अवलम्बन भएको नहुनजस्ता विविध पक्षहरूको निरीक्षण गरिएको थियो। साथै व्यवसायीहरूलाई व्यवसाय सञ्चालनसँग सम्बन्धित कानुनी जानकारी र सहजीकरणसमेत गरिएको छ।

अनुगमनका क्रममा म्याद गुज्रेका रू. १६,४५५ बराबरका वस्तुहरू बरामद गरी तत्काल नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।

यस अनुगमनमा जिल्ला स्थित सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, उपभोक्ता मञ्चका प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0