बुधबार, २ मंसिर २०८३

सडक दुर्घटनामा कक्षा २ की छात्रा गम्भीर घाइते, थप उपचारको लागि काठमान्डौ रिफर

५१ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

धादिङ,  – नीलकण्ठ नगरपालिका–८ ससाह देउरालीमा सडक क्रस गर्ने क्रममा एक बालिका गम्भीर घाइते भएकी छन्। ससाह देउराली माध्यामिक विद्यालयका छात्रा दिपिका वि.क मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी शुभाष हमालका अनुसार कक्षा २ मा अध्ययनरत ७ वर्षीया छात्रालाई ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेका छन्। “चालक र सवारी साधनको खोजी कार्य तीव्र रुपमा अगाडि बढिरहेको ,” डिएसपी हमालले जानकारी दिनुभयो।

घाइते बालिकाको उपचारका लागि हेलिकप्टर मार्फत काठमान्डौ लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।