बद्री पौडेल  :- काभ्रे ,  धुलिखेल लायन्स  ईन्टर्नेश्नल ३२५ आई को तिन दिने  District Cabinet officer’s Schooling कार्यक्रम ,  Serve ,Lead And Rise  को स्लोगनका साथ आज मिति २०८२/०१/०४ गते धुलिखेलको सारथी होटलमा सम्पन्न भएको छ ।

बैशाख २ गते डिष्ट्रीक गर्भरन लायन बिनोद ढुङ्गानाको अध्यक्षता मा बैठक भएको कार्यक्रमको प्रमुख अतिथि International  Director लायन बालकृष्ण बुर्लाकोटी , बिशेष अतिथि Past International Director लायन सन्जय खेतान , PDG / पोखरा  महानगर पालिकाका मेयर लायन धनराज आचार्य , LCIF/ Area Leader / International Director Indorsee उमेरदार  लायन राजन लम्साल हुनुहुन्थ्यो भने अतिथिहरुमा PDG ईन्दु लम्साल , PCMC /PDG लायन मन बहादुर रोका , PDG  लायन राम बहादुर बसेल  , IPDG लायन चन्द्र कुमार के सी र लायन वर्ष २०२५/२६ को डिष्ट्रीक गर्भनर लायन पर्वती खरेल पाण्डे को सहभागिता रहेको थियो ।

उद्घाटन समारोह पछी बिभिन्न बिषयमा प्रशिक्षण भएको थियो , International  मोटिभेटर स्पीकर लायन डा बि पी रेग्मी , मोटिभेटर स्पीकर  मिस नेपाल (2005) सुगरिका के सी , योगा गुरु डा आचार्य प्रकाश ,  जुपिटर नेपालका प्रशिक्षक तथा  Region Chairperson ,लायन चुडामणि सुबेदी र past District Governor हरुले सहजीकर्ण गर्नु भएको थियो । लायन वर्ष २०२५/२६ को लागी  District ,Region,Zone , र अन्य गरी २५४ जनाको सहकारिता रहेको थियो ।

लायन वर्ष २०२५/०२६ का डिस्ट्रीक गर्भनर लायन पार्वती खरेल पाण्डेले आफ्नो एक वर्षे कार्यकालमा तपशिलका कार्यहरु अगाडी बढाउने बताउनु भयो  ।

नि: स्वार्थ सेवा , सशक्त्त नेतृत्व  र उत्कृष्टताको यात्रा (Serve ,Lead and Rise)  को कामलाई अगाडी बढाएर बालबालिका, महिला , युवाहरुको बीचमा स्वास्थ्य , शिक्षा , वातावरण , कृषीको क्षेत्रमा काम गर्ने बताउनु भयो ।हाल ३२५ आई मा २६६ वटा क्लब रहेकोमा अब झण्डै १०० भन्दा बढी क्ल्ब थप गर्ने लक्ष्य प्रस्तुत गर्नु भयो ।सेवा गर्न पाउने , फेलोसिफ हुने हुदा लाईन्स राम्रो सस्थाको भन्नु हुन्छ , District Chief लायन अनुज श्रेष्ठ । यही जेष्ठ २७ गते काठमाण्डौको प्रग्या  भवनमा हुने मल्टिपलको चुनाबमा ३२५ आई बाट सतप्रतिशत भोट लायन राजन लम्साल लाई दिनु पर्ने बत्ताउनु हुन्छ IPDG लायन चन्द्र कुमार के सी ।

  • लायन्स   डिष्ट्रीक ३२५ आई  नेपालमा सबै भन्दा ठुलो डिष्ट्रीक हो , हरेक वर्ष नया रेकर्ड बनाएको ३२५ आईले आगमी वर्ष पनि नया रेकर्ड बनाउने  डिष्डिष्ट्रीक गर्भनर पार्वती खरेल पाण्डेले बताउनु भयो ।
Screenshot
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0