धादिङ, जेठ ४ – नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारी (शैलेस)ले जिल्लामा माओवादी केन्द्रभित्र कुनै प्रकारको विवाद वा गुटबन्दी नरहेको स्पष्ट पारको छ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङले पछिल्लो समय विभिन्न अनलाइनहरूमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जेठ २ गते धादिङ न्युज डट कम, धादिङ प्रेस र सिङ्ला सञ्चार अनलाइनहरूमा ‘नेतृत्वविहीन बन्यो माओवादी केन्द्र धादिङ जिल्ला समिति’ भन्ने आशयका समाचारप्रति खण्डन गर्दै समितिले यथार्थ विवरण प्रस्तुत गरेको हो।

विज्ञप्तिमा उल्लेख भएअनुसार पार्टीको विधानअनुसार गाउँ तथा नगर सम्मेलन सम्पन्न भएपछि पुराना समितिहरू स्वतः विघटनमा जाने व्यवस्था छ। सोही अनुसार बागमती प्रदेश समितिको परिपत्रअनुसार २०८२ बैशाखभित्र जिल्ला संयोजकको अध्यक्षतामा जिल्ला भेला आयोजना गरी नयाँ जिल्ला समिति र सचिव चयन गर्नुपर्ने व्यवस्था अनुरूप १०० सदस्यीय पदेन जिल्ला समिति गठन भइसकेको छ।

हालसम्म सचिव चयन नहुँदा जिल्ला संयोजक मनराज भण्डारी (शैलेस) र जिल्ला इन्चार्ज पुष्प विक्रम मल्ल (सिंह) यथावत रहेको विज्ञप्तिमा उल्लेख छ। बागमती प्रदेश समितिबाट वरिष्ठ प्रदेश सदस्यमार्फत सचिव चयन प्रक्रिया बाँकी रहेको जानकारी समेत विज्ञप्तिमा दिइएको छ।

समिति संयोजक भण्डारीले भ्रामक र तथ्यहीन समाचारप्रति आपत्ति जनाउँदै जिल्लामा माओवादी केन्द्र सुदृढ रुपमा अगाडि बढिरहेको स्पष्ट पार्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0