बद्री पौडेल
धादिङ, ७ जेठ २०८२ , धादिङको एकमात्र जिल्ला अस्पताल धादिङ अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेको छ।

मङ्गलबारदेखि सुरु गरिएको इन्डोस्कोपी सेवामा काठमाडौँ मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सक डाक्टर रोमी दाहालको उपस्थितिमा सेवाको औपचारिक सुरुवात गरिएको धादिङ अस्पतालले जनाएको छ।

इन्डोस्कोपी सेवाको सुरुवात गरेको पहिलो दिन चारजनाको इन्डोस्कोपी परीक्षण गरिएको अस्पतालले जनाएको छ। अस्पतालले अबदेखि दैनिक रुपमा सेवा सञ्चालन गर्ने धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गगन अधिकारीले बताउनुभयो

डाक्टर अधिकारीका अनुसार पेटमा भएका अल्सर ग्यास्ट्रिक घाउ जस्ता समस्याहरूको इन्डोस्कोपीद्वारा परीक्षण गर्न सकिने बताउनुभयो।

धादिङमै इन्डोस्कोपी सेवा विस्तार भएपछि पेटका बिरामीहरूले काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको सेवाग्राहीहरूको भनाइ छ। धादिङ अस्पतालले इन्डोस्कोपी सेवासहित विभिन्न सेवाहरू गुणस्तरीय रुपमा प्रदान गर्दै आएको छ।

 हाल धादिङ अस्पतालमा हाडजोर्नी सेवा, मृगौलाको डयालासिस सेवा , थेरापी सेवा , CS सेवा , ICU सेवा लगाएतको धेरै सेवाहरु भएको र अझै सेवाहरु थप गर्दै जाने अस्पतालले बताएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0