धादिङ, जेठ ३० गते
काठमाण्डौबाट पोखरा जाँदै गरेको बा.प्रदेश.०१–००६ ख.७१४१ नम्बरको ईभी माइक्रोबस र लमजुङबाट काठमाण्डौ आउँदै गरेको बा.४ ख.६९४ नम्बरको माइक्रोबस धादिङको गल्छी गाउँपालिका–७ स्थित भल्टारमा ठोक्किँदा १० जना भन्दा बढी यात्रु घाइते भएका छन्।
घटनापछि घाइते यात्रुहरूलाई तत्कालै गल्छीस्थित अम्बि भरोसा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार गम्भीर घाइतेहरूको अवस्था बारे थप जानकारी आउन बाँकी छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।






