धादिङ । धादिङको गजुरी गाउँपालिका–१ छाडगैश्वर मन्दिर नजिकैको झोलुङ्गे पुलबाट एक महिला त्रिशूली नदीमा हामफालि बेपत्ता भएकी छिन्।

आज बिहान करिब ४:४५ बजेको समयमा ५५ वर्षिया साईली गिरिले गजुरी गाउँपालिका वडा नं. १ र ८ जोडिने झोलुङ्गे पुलबाट त्रिशूली नदीमा हामफालेकी हुन् भन्ने जानकारी प्राप्त भएको जिल्ला प्रहरी धादिङले जानकारी दिएको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी बैरेनीबाट प्रहरी सहायक निरीक्षक काशीराम बुढाको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो। साथै, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेन्द्र कुमार मण्डलको कमाण्डमा नौ जनाको टोलीसमेत उद्धारका लागि परिचालन गरिएको छ।

स्थानीयको सहयोगमा त्रिशूली नदीमा खोज तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0