काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

नतिजा विवरण अनुसार:

  • ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ।

  • ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३५५ जना छन्।

  • २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना रहेका छन्।

  • २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९ जना छन्।

  • २.० देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना छन्।

  • १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थी ८ जना मात्रै रहेका छन्।

बोर्डले नतिजा सार्वजनिकसँगै परीक्षाको समग्र विश्लेषण र आगामी सुधारका उपायहरूमा पनि ध्यान दिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0