धादिङ — जिल्ला प्रशासन कार्यालय धादिङले राष्ट्रिय परिचयपत्र नम्बर हालसम्म नलिएका जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति र अन्य बाँकी नागरिकलाई लक्षित गर्दै विशेष अभियानमार्फत सहजीकरण कार्य तीव्र पारेको छ।

यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालयको समन्वय र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहयोगमा विवरण दर्ता अपरेटरको तीन सदस्यीय टोली हाल थाक्रे गाउँपालिकामा परिचालित गरिएको छ। टोलीले स्थानीय तहमै पुगेर सेवा दिन थालेपछि नागरिकलाई दस्तावेज दर्ताका लागि सहज वातावरण बनेको छ।

यसअघि सो टोली त्रिपुरा सुन्दरी गाउँपालिकामा समेत खटाइएको थियो। कार्यालयका अनुसार केही दिनमा थाक्रे गाउँपालिकामा कार्य सम्पन्न भएपछि अर्को पालिकामा पनि सोही टोली खटाइनेछ।

प्रशासनले नागरिकले सजिलै राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ दुर्गम क्षेत्रसम्म सेवा पु¥याउने रणनीति अपनाएको जनाएको छ। यस प्रकारको सक्रियताले दर्ता प्रक्रिया तिव्र र प्रभावकारी हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0