धादिङ, असार १४ — धादिङको नीलकण्ठ नगरपालिकाभित्र सञ्चालित चार विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत नतिजा हासिल गरेका छन् भने एक विद्यालयबाट सहभागी भएका सम्पूर्ण विद्यार्थी अनुत्तीर्ण भएका छन्।
नीलकण्ठ नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको विवरण अनुसार प्रकाश मावि-१, लामागुरु महादेव मावि-२, महेन्द्र मावि-२, र श्री भैरवी मावि-६ ले १०० प्रतिशत नतिजा ल्याएका हुन्। यी विद्यालयका सबै सहभागी विद्यार्थी ग्रेडेड सूचीमा परेका छन्।
शिक्षामा उत्कृष्टता देखाउने विद्यालयहरू:
| विद्यालय | सहभागी संख्या | ग्रेडेड संख्या | ग्रेडेड प्रतिशत |
| प्रकाश मावि-१ | ३० | ३० | १००% |
| लामागुरु महादेव मावि-२ | २२ | २२ | १००% |
| महेन्द्र मावि-२ | २१ | २१ | १००% |
| श्री भैरवी मावि-६ | १७ | १७ | १००% |
यी विद्यालयहरूले कक्षा १० को नतिजामा उल्लेखनीय सफलता हासिल गरेका छन्, जसले विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतलाई पुष्टि गर्छ।
शुक्रवार परिक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको नतिजा अनुसार नीलकण्ठमा सन्चालित निजि क्षेत्रबाट सञ्तालित विद्यालयहरुको पनि नतिजा सन्तोषजनक देखिदैन । धादिङमा नीजिक्षेत्रद्धारा सञ्चालित सुनगाभा एकेडेमीबाट १२ जना सहभागी मध्ये २ जना मात्रै ग्रेडेड भएका छन् । सामुदायिक विद्यालय तर्फ पनि पाल्पा समारी, कुमारी देवी मावि, कर्णेश्वर मावि , तमैरातमाटे मावि लगायतको नतिजा पनि चिन्ताजनक छ ।
रघु माविको नतिजा शुन्य:
त्यसैगरी, रघु मावि- नीलकण्ठ ६ बाट परीक्षा दिएका ८ जना विद्यार्थीमध्ये कोही पनि ग्रेडेड हुन सकेनन् । विद्यालयको शून्य प्रतिशत ग्रेडेड नतिजाले शिक्षा गुणस्तर, व्यवस्थापन र विद्यार्थीको तयारीमाथि प्रश्न उठाएको छ।








