धादिङ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा धादिङ जिल्लाको नेत्रावती डवजोङ गाउँपालिकाले जिल्लाभरकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ।

गाउँपालिकाबाट नियमित साधारण तथा प्राविधिक धारतर्फ परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये ९१.६७ प्रतिशतले ग्रेडेड गर्दै गाउँपालिकाले शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हात पारेको हो।

धादिङका १३ स्थानीय तहहरूमध्ये सबैभन्दा बढी प्रतिशतमा विद्यार्थी ग्रेडेड गराउने स्थानीय तहको रूपमा नेत्रावती डवजोङ पहिलो स्थानमा उक्लिएको छ। यस उपलब्धिलाई गाउँपालिकाले विगत वर्षदेखि शिक्षा क्षेत्रमा गरेको लगानी, गुणस्तरीय शिक्षण सिकाइ वातावरण, अतिरिक्त कक्षा, अभिभावकसँगको सहकार्य तथा शिक्षकको समर्पणको प्रतिफलका रूपमा लिइएको छ।

गाउँपालिकाले विद्यार्थीको शैक्षिक सुधारका लागि सञ्चालन गरेका कार्यक्रमहरूले उल्लेखनीय नतिजा ल्याएको छ भने अबको दिनमा अझ गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रणाली विकास गर्ने योजना बनाइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0