धादिङ, — कान्तिपुर टेलिभिजनका उपसम्पादक पोषनाथ अधिकारी नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णयअनुसार पत्रकार अधिकारीसहित ६ जना पत्रकारहरूलाई संगठनको विधान २०५४ को दफा २१ (क) को उपदफा (ख) बमोजिम मनोनयन गरिएको हो।

“युनियनको मूल्य, मान्यता, आदर्श र प्रेस स्वतन्त्रताको संरक्षण तथा पत्रकारिता क्षेत्रको समग्र विकासमा केन्द्रीय सदस्यहरूकाे सक्रिय भूमिका रहने’’ प्रेस युनियनका अध्यक्ष अजयबाबु सिवाकोटीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

मनोनयनमा परेका पत्रकारहरूको सूची:
१. शिव पुरी (रौतहट)
२. पोषनाथ अधिकारी (धादिङ)
३. विनोद कुमार मल्ल (मुगु)
४. रविन्द्र सिंह (बारा)
५. जिन बहादुर भण्डारी (पाँचथर)
६. दिपेन्द्र बस्नेत (कञ्चनपुर)

धादिङमा लामो समयदेखि पत्रकारिता गर्दै आएका अधिकारी कान्तिपुर टेलिभिजनमा उपसम्पादकको रूपमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0