काठमाडौं , श्रावण २६
काठमाडौँको चन्द्रागिरि नगरपालिका- वडा न १३ मा रहेको जग्गाको नयाँ पुर्जा बनाउन घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका एक कर्मचारी पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले सेवाग्राहीसँग रु. १३ हजार घुस लिएको अवस्थामा कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई सोमबार नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार सो प्रकरणमा कार्यालय प्रमुख र सर्भेक्षकको समेत मोबाइल उपकरण नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।






