धादिङ, भदौ ९ ।
लायन्स क्लब अफ धादिङ भैरवीकाे आयाेजनामा सहिद मेमाेरियल अस्पताल धादिङ र नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखाकाे प्राविधिक सहयाेगमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १८ जना महिला र ५५ जना पुरुष गरी कुल ७३ जनाले रक्तदान गरेकाे क्लबका अध्यक्ष बद्रि अधिकारीले जानकारी दिनुभयो । विभिन्न संघ–संस्थाकाे सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना प्रमुख अतिथि रहनुभएकाे थियाे ।

सो अवसरमा लायन्स ३२५ आई का ५ नम्बर चियर्स पर्सन कृष्ण बद्री पौडेल, १२ नम्बर जोन चियर्स पर्सन कृष्ण प्र ढकाल (शिशिर), लायन्स क्लब सुर्यमुखीका अध्यक्ष विक्रम बिक, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायत विशिष्ट व्यक्तिहरूको आतिथ्य रहेको थियो ।

कार्यक्रमले समाजमा रक्तदानप्रतिको जनचेतना बढाउन महत्वपूर्ण योगदान गर्ने आयोजकले विश्वास लिएका छन् ।
धादिङमा याे साता मात्रै १५८ प्रिन्ट रगत संकलन गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0