धादिङ, भदौ ९ । नीलकण्ठ नगरपालिका–४ ले आयोजना गरेको वडा स्तरीय तीज गीत प्रतियोगितामा राधाकृष्ण आमा समूह प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा भगवती आमा समूह दोस्रो, शुभकर्म आमा समूह तेस्रो तथा सुन्दर बस्ती टोल विकास संस्था सान्त्वना स्थानमा पर्न सफल भएका छन् ।

विजयी समूहलाई क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको वडाले जनाएको छ ।

यसैगरी तीज विशेष प्रस्तुति प्रस्तुत गर्ने गैरी गाउँ माध्यमिक विद्यालयअन्तर्गत उज्वल बाल क्लबका विद्यार्थीहरूलाई समेत वडाले सम्मान गरेको छ ।

वडा अध्यक्ष हरि श्रेष्ठले मौलिक पर्व तीजलाई संरक्षण गर्दै पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । नगर प्रमुख भीम प्रसाद ढुंगानाले यस्ता कार्यक्रमले पुस्तान्तरणमा मात्र नभई लुकेर रहेका प्रतिभा उजागर गर्न ठूलो भूमिका खेल्ने धारणा व्यक्त गरे ।

प्रतियोगिताको निर्णायक मण्डलमा पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष एवं रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, महिला अधिकारकर्मी गायत्री खतिवडा र नीलकण्ठ वाल मन्दिर माविकी नृत्य प्रशिक्षक पुजा ठकुरी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0