1. धादिङ – लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले हरितालिका तीजको अवसरमा मंगलबार धादिङको नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण, जलपान वितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

धादिङ अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा मेडिकल अधिकृत डा. अशोक छत्कुली र निमित्त नर्सिङ प्रमुख एस्तर तामाङको टोलीले १०५ जनाको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणअन्तर्गत रक्तचाप, ज्वरो, अक्सिजन स्तर, तौल, मुटुको धड्कन जाँचसँगै सामान्य ड्रेसिङ सेवा र चिकित्सकीय परामर्श दिइएको क्लबका अध्यक्ष विक्रम विश्वकर्माले जानकारी दिए। बिरामीको आवश्यकता अनुसार जीवनजल, ज्वरो, ग्यास्ट्राइटिस र दुखाइ नियन्त्रणका औषधि पनि निःशुल्क वितरण गरिएको थियो।

त्यसैगरी, क्लबले Rubi Beverage Pvt. Ltd. धादिङको सहकार्यमा निःशुल्क शुद्ध खानेपानी वितरण गरेको थियो, जसबाट करिब १,००० भक्तालु लाभान्वित भएका थिए। कार्यक्रमको अन्त्यमा क्लबका पदाधिकारीहरू, पशुपति मन्दिर व्यवस्थापन समिति र पशुपति टोल विकास संस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा मन्दिर परिसर सरसफाइ गरेका थिए।

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५–आई नेपाल रिजन ५ का रिजन चियर पर्सन कृष्ण बहादुर पौडेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा जोन १२ का जोन चियर पर्सन तथा क्लबका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर), नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष बद्री अधिकारी, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ लगायतको विशेष आतिथ्यता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0