धादिङ , १७ भाद्र २०८२
धादिङ बेसीबाट मलेखु सम्मको सडक खण्ड १८ कि. मी रहेको छ , यस सडकको नाम कालुपाण्डे मार्ग हो , २०५६ सालमा पिच शुरु भैइ २०५८ सालमा पिच कार्य सम्पन्न भएको हो , तत्कालीन समयमा जे सी बी र मानिसले गल , घन , चुचे , पिग, आदिले बनाई पिच गरेको हो , हालको जस्तो एक्साभेटर प्रयोग भएन । तत्कालीन समयमा नेपालको दोस्रो महङ्गो सडक भनिएको छ ।
धादिङबेसीबाट झण्डै ४.५ कि मी टाढा रहेको नीलकण्ठ न पा ८ ससाह ज्यामिरेको दारे गौडामा तीन वर्ष देखि सडक भासिएकोमा हाल यो वर्ष अलि बढी वर्षा भएकोले ज्यामिरे हुदै रामकोट हटिया जाने पिच सडक समेत झर्ने अवस्थामा पुगेको छ ।सडक बिभागले समयमा नै नबनाएकोले यस्तो भएको स्थानियहरु बत्ताउछन । दैनिक हजारौ गाडी , मोटर साईकल चल्ने बाटो हो भने अर्को मैदी , ढोला , नलाङ , सलाङ र रामकोट हटिया हुदै सल्यान टार पनि जाने बाटो हो । दुई तीन दिन देखि यो ठाउँ मा एक तर्फी भएको छ ।






