काठमाडौं । नेपाल टेलिकमले तीन दिनसम्म नि:शुल्क इन्टरनेट डेटा र भ्वाइस कल सुविधा उपलब्ध गराउने भएको छ। यो सुविधा हिजो रातिदेखि नै सक्रिय भएको कम्पनीले जनाएको छ।
देशमा हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नागरिकहरूले स्वदेश तथा विदेशमा रहेका आफ्ना आफन्तसँग सहज रूपमा सम्पर्क राख्न सकून् भन्ने उद्देश्यले यो पहल गरिएको नेपाल टेलिकमले जनाएकाे छ ।

ग्राहकहरूले नि:शुल्क सुविधा प्राप्त गर्न *1415*8*3# डायल गरी डेटा लिन सक्नेछन् भने, *1415*8*7# डायल गरी नि:शुल्क भ्वाइस कल सुविधा सक्रिय गर्न सकिनेछ।

नेपाल टेलिकमले यो योजनाबाट सम्पर्क र सूचना आदानप्रदानमा सहजता आउने विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0