धादिङ, असोज १ ।
नीलकण्ठ नगरपालिका–१० मा मानसिक अपाङ्गता भएकी २९ वर्षीया एक किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। भाद्र २५ गते बलात्कारमा परेकी ती किशोरीले भोलिपल्ट जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता गरेकी थिइन्।
उजुरी दर्ता गरी घर फर्किएकी ती किशोरी पुनः स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पताल धादिङमा फालोअपका लागि आएकी थिइन्। अस्पतालमा परीक्षण गर्दा उनको शरीरमा हेमोग्लोबिनको कमी देखिएपछि रगत चढाउने क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सो घटनामा संलग्न स्थानीय ३१ वर्षिय पुरुष फरार रहेका छन् र खोजी कार्य तिव्र पारिएको छ। यस्तै, पीडित पक्षले गाउँमै मिलाउन दबाब दिने केही व्यक्तिहरू रहेको गुनासो गरेका छन्।
जवरस्ती करणीमा परेकी किशोरी विगत ३ बर्ष देखी नीलकण्ठ ११ लामस्थानमा आफ्नै दिदीको घरमा बस्दै आएकी थिईन ।






