संविधानको रक्षा र कार्यान्वयनलाई सुदृढ बनाउने उद्देश्यले असोज ३ गते, शुक्रबार दिउँसो ११:३० बजे धादिङबेँसीस्थित वीपी स्मृति भवनमा कार्यक्रम गर्न लागेको समितिले जानकारी दिएको छ।

धादिङ — नेपाली कांग्रेस जिल्ला कार्यसमिति, धादिङले संविधान दिवस २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। संविधानको रक्षा र कार्यान्वयनलाई सुदृढ बनाउने उद्देश्यले असोज ३ गते, शुक्रबार दिउँसो ११:३० बजे धादिङबेँसीस्थित वीपी स्मृति भवनमा कार्यक्रम गर्न लागेको समितिले जानकारी दिएको छ।
जिल्ला समितिका सभापति रामनाथ अधिकारीले जारी गरेको सूचनामा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका सदस्यहरूलाई कार्यक्रममा उपस्थित रहन आग्रह गरिएको छ।
त्यसैगरी, पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठन, विभिन्न इकाई कार्यसमिति, टोल समितिका पदाधिकारी, सदस्य तथा नेताहरू, स्वतन्त्र विद्यार्थी यूनियनका पदाधिकारी तथा सदस्य, क्रियाशील सदस्य, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी र शुभेच्छुकहरूलाई पनि कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।
कार्यक्रममार्फत संविधान दिवसलाई केवल औपचारिकतामा सीमित नराखी, संविधानको कार्यान्वयन र संरक्षणप्रति जनप्रतिनिधि तथा सर्वसाधारणलाई सचेत गराउने उद्देश्य लिइएको आयोजकले जनाएको छ।
संविधान दिवस २०८२ को अवसरमा कांग्रेसले केन्द्रदेखि स्थानीय तहसम्म देशभर विविध कार्यक्रम आयोजना गर्ने घोषणा गरिसकेको छ।






