धादिङ — स्व. लोक बहादुर गुरुङको सम्झनामा सिद्धलेक गाँउपालिका स्तरिय दोस्रो स्व. लोक बहादुर गुरुङ स्मृति कप–२०८२ खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

तमु युवा समाज, सिद्धलेक–२, धादिङको आयोजनामा हुने प्रतियोगितामा पहिलो हुने टोलीले रु. १,११,१११ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। यस्तै दोस्रो हुने टोलीलाई रु. ५५,५५५ र तेस्रो हुने टोलीलाई रु. ३३,३३३ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ।

प्रतियोगितामा उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्वर, प्लेयर र कोचलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन खेलाडीहरु एउटै पालिकाको हुनुपर्नेछ। खेलाडी संख्या १२ जना हुनुपर्ने र नागरिकता वा आधिकारिक परिचयपत्र अनिवार्य पेश गर्नुपर्नेछ आयोजकले जनाएको छ।

प्रतियोगिता असोज १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । टिम दर्ता गर्ने अन्तिम मिति असोज १४ गतेसम्म तोकिएको आयोजक तमु युवा समाजले बताएको छ।

मुख्य प्रायोजक सिद्धलेक गाउँपालिका, धादिङ रहेको यो प्रतियोगितालाई धादिङ जिल्ला भलिबल संघले सहयोग गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0