काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १०औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मुलुकमा उत्पन्न हुने राजनीतिक जटिलताको समाधान संविधानकै दायराभित्र खोज्नुपर्ने बताएका छन्।

देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले विशेष परिस्थितिमा पनि राजनीतिक निकास संविधानमै सम्भव हुने विश्वास व्यक्त गरे। उनले भने, “संविधानबाहिर गएर समाधान खोज्न खोजेमा स्थिरताको साटो झन् अस्थिरता निम्तिन सक्छ।”

उनले वर्तमान संविधानको सफल कार्यान्वयनले मात्र मुलुकलाई समुन्नतितर्फ अघि बढाउन सकिने उल्लेख गरे। देउवाले संविधानको संरक्षण, कार्यान्वयन र परिष्कारमा सबै नेपालीको साझा दायित्व रहेको बताउँदै राष्ट्रिय एकता र सहकार्यको भावनालाई मजबुत बनाउन आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0