धादिङबेँसी । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा कर्णेश्वर मा विद्यालयमा एक दिने मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा लायन्स क्लब अफ ३२५ आइ रिजन ५ का रिजन चेयरपर्सन कृष्णबद्री पौडेल प्रमुख अतिथि रहनुभएको थियो।
सो कार्यक्रममा लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष बद्री अधिकारी, मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारी, गंगाजमुना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा क्लब सदस्य दिपक अधिकारी, शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक तथा क्लब सदस्य सिताराम अर्याललगायत अतिथिहरूको उपस्थिती थियो।
विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई नीलकण्ठ नगरपालिकाका मनोपरामर्शकर्ता रामकुमार थापाले सहजीकरण गर्नुभएको थियो। उहाँले बालबालिकामा देखिने मनोसामाजिक समस्या, लक्षण, कारण र समाधानका उपायहरूबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो।
सो अवसरमा रिजन चेयरपर्सन पौडेलले आगामी दिनमा पनि विद्यालयमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार हाल लायन्स क्लब अफ ३२५ डिष्ट्रिक्टले सञ्चालन गरिरहेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत धादिङमा मानसिक स्वास्थ्य अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो।
0






