धादिङ , ३ कार्तिक २०८२
धादिङ, नीलकण्ठ नगरपालिका–१३, मनरुपी माध्यमिक विद्यालय र वडा–१२, साङ्कोष माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा (ट्र्याक सुट) वितरण गरिएको छ। साथै दुबै विद्यालयलाई दुई–दुई थान ल्यापटप हस्तान्तरण गरिएको छ।
उक्त सहयोग कार्यक्रम नीलकण्ठ नगरपालिका वडा नं.–१३, उचेत निवासी समाजसेवी डिल्लीप्रसाद धमलाका सुपुत्र, दुबै विद्यालयका पूर्वविद्यार्थी तथा पर्यटन व्यवसायी रमेश धमला (Managing Director, Nepal Trekkers Booking Treks and Expeditions Pvt. Ltd.) को प्राविधिक सहयोग र एक जर्मन नागरिक Thomas को आर्थिक सहयोगमा सम्पन्न भएको।
मनरुपी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार बालकक्षा देखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई न्यानो ट्र्याक सुट वितरण गरिएको हो। साथै विद्यालयलाई दुई थान ल्यापटप हस्तान्तरण गरिएको छ।
उहाँका अनुसार, यसअघि पनि रमेश धमला ज्युको प्राविधिक सहयोग र ताइवान नागरिकको आर्थिक सहयोगमा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद धमला र प्रधानाध्यापक टोपबहादुर गुरुङको पहलमा ६ कोठे भवन निर्माण सम्पन्न भइसकेको छ
सोही दिन साङ्कोष माध्यमिक विद्यालयमा पनि बालकक्षा देखि कक्षा १२ सम्मका विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको थियो। विद्यालयका सूचना अधिकारी गोविन्द कोइरालाका अनुसार विद्यालयलाई दुई थान ल्यापटप प्रदान गरिएको र उक्त अवसरमा रमेश धमला ज्युले विद्यालयका लागि ६ कोठे नयाँ भवन निर्माण गर्ने वचन पनि दिएको छ ।
मनरुपी माध्यमिक विद्यालयको तर्फबाट कार्यक्रमको समन्वयमा वि.व्य.स. अध्यक्ष रेशम गुरुङ र प्रधानाध्यापक टोपबहादुर गुरुङले भूमिका निर्वाह गर्नुभयो।
त्यस्तै साङ्कोष माध्यमिक विद्यालयमा वि.व्य.स. अध्यक्ष राकेश धमला र प्रधानाध्यापक रामप्रसाद लामिछानेले समन्वयात्मक भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रम संचालनको क्रममा आ- आफ्नो मन्तव्य दिने क्रममा दुबै विद्यालयका प्र. अ. तथा वि.व्य.स. अध्यक्षको भनाइमा > “विद्यार्थी र विद्यालयका लागि गरिएको यो सहयोगले गाउँका बालबालिकामा अध्ययन प्रतिको उत्साह बढाएको छ, जसले शैक्षिक उपलब्धि वृद्विमा समेत अग्रणी भूमिका खेल्दछ ।” भन्ने भनाइ थियो भने, Nepal Trekkers Booking Treks and Expeditions Pvt. Ltd. का Managing Director – रमेश धमलाका अनुसार > “शैक्षिक वातावरण सुधारका लागि हामी सधैं सहयोगमा प्रतिबद्ध रहनेछौं।” भन्ने भनाइ व्यक्त गर्नु भएको थियो । स्थानीय पूर्व विद्यार्थी द्वारा गरिएको यस्ता सहयोगहरू ग्रामीण क्षेत्रका विद्यालयहरूको विकास र गुणस्तरीय शिक्षाको आधार बलियो बनाउन प्रेरणादायी रहेको दुबै विद्यालयले जनाएका छन्।
कार्यक्रममा उपस्थित जर्मन पाहुनाहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू तथा पदाधिकारी ज्यूहरु तथा सरोकारवाला व्यक्तित्वहरूलाई दुबै विद्यालयले फूलमाला र खादा अर्पण गरी सम्मान गरेको थियो।1






