मनाङ । मनाङस्थित तिलिचो जाने मार्गमा व्यापक हिमपात भएपछि अधिकांश पर्यटक तलतर्फ झर्न थालेका छन्। लगातारको हिमपातले तिलिचो बेस क्याम्प, खङ्सार, मनाङ र चामे क्षेत्र सेताम्य बनेका छन्।

तिलिचो बेस क्याम्पमा रहेका रेशु अधिकारीका अनुसार हालसम्म करिब ९० प्रतिशत पर्यटक तल झरिसकेका छन्, भने बाँकी १० प्रतिशत मात्र बेस क्याम्पमै रहेका छन्। अधिकारीले भने, “बेस क्याम्पदेखि माथिल्लो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ, यात्रुहरूलाई तल झर्न सल्लाह दिइएको छ।”

हिमपातका कारण बाटो अबरुद्ध बनेको र यातायात तथा पदयात्री आवागमनमा समेत कठिनाइ बढेको स्थानीयहरूले बताएका छन्। अहिले मनाङ, खङ्सार र चामेसम्मै बाक्लो हिउँ जमेकाले तापक्रम समेत तीव्र रूपमा घटेको छ।

स्थानीय प्रशासनले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन तथा मौसम स्थिर नभएसम्म उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ।

भिडियाे हेर्न यहाँ जानुहाेस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0