धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–३ ले अब सिसाका बियरका बोतल प्रयोग नगर्न कडा चेतावनीसहित आग्रह गरेको छ। वडाभरिका होटल, चमेना गृह र किराना पसलहरूबाट सिसाका बियरका बोतलहरू जथाभावी फ्याँकिँदा स्थानीय किसानको खेतबारीमा पुगेर फुट्ने र त्यसका टुक्राले हातखुट्टा काटिने समस्या बढेसँगै वडाले अब कडाइ गर्ने जनाएको छ।

वडा अध्यक्ष सुरेश गुरुङले भने, “अब सिसाका बियरको सट्टा अनिवार्य रूपमा क्यान बियर मात्र बिक्री वितरण गर्नुपर्छ।”

वडाले सबै व्यापारी, होटल व्यवसायी र उपभोक्तालाई सिसाका बियर बोतल तत्काल बन्द गरी क्यान बियर प्रयोगमा जान निर्देशन दिएको छ। त्यस्तै विवाह, ब्रतबन्ध, भोजलगायतका सामाजिक कार्यक्रममा समेत क्यान बियर मात्र प्रयोग गर्न आग्रह गरिएको छ।

स्थानीयवासीहरूले फ्याँकिएका बोतलका कारण खेत जोत्नै डर लाग्ने अवस्था आएको गुनासो गर्दै वडाको कदमको स्वागत गरेका छन्। “भेलबाढीले बियरका बोतलहरू ल्याएर खेतमा फुटाउँछ, हिलोमा लुकेका सिसाले काम गर्ने बेलामा रगत बगाउँछ,” एक किसानले बताए।

वडाले अब यो अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै “सफा वडा, सुरक्षित किसान” नारासहित सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0