धादिङ — धादिङ जिल्लामा नै पहिलो पटक ५० शैयाको अनुमती प्राप्त शहीद मेमोरियल अस्पताल धादिङ प्रा. लि. को १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
जनआन्दोलनको सेरोफेरोमा २०६३ साल चैत्रमा स्थापित शहीद मेमोरियल अस्पतालले तत्कालीन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट १५ शैयाको अनुमती प्राप्त गरी धादिङबेसीमा सेवा सुरु गरेको थियो।
अस्पतालका अध्यक्ष विष्णुलाल श्रेष्ठका अनुसार अस्पताल नाफामूलक भन्दा पनि सेवामूलक उद्देश्यका साथ सञ्चालनमा आएको हो। उनले २०८१ माघदेखि थप व्यवस्थापन गर्दै विशेषज्ञ सेवा सुरु गरिएको जानकारी दिए।
हाल अस्पतालमा दैनिक रूपमा हाडजोर्नी, बालरोग, एमडीजीपी, स्त्रीरोग, साथै २४ घण्टा फार्मेसी सेवा सञ्चालनमा रहेको छ। त्यस्तै, हरेक शनिबार विशेषज्ञ सेवा र अत्याधुनिक मेसिनबाट भिडियो एक्स–रे सुविधा पनि उपलब्ध गराइँदै आएको अस्पतालले जनाएको छ।
कार्यक्रममा नेपाल नगरपालिकासंघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, बागमती प्रदेशका पूर्व सांसद अधिकारी विशेष अतिथि रहेका थिए। साथै उक्त्त कार्यक्रममा अस्पतालका सस्थापक अध्यक्ष बिनोद मान श्रेष्ठ , शिक्षालय का सस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठ , र अस्पतालका कर्मचारी (गार्ड) बेद नारायण श्रेष्ठ लाई सम्मान गरेको थियो ।
शहीद मेमोरियल अस्पताल धादिङ प्रा. लि. को नयाँ कार्यसमिति
अध्यक्ष: विष्णुलाल श्रेष्ठ
उपाध्यक्ष: कृष्ण ब. पौडेल
सचिव: बद्री अधिकारी
कोषाध्यक्ष: रामचन्द्र गिरी
सदस्यहरू: शोभा छत्कुली, हरि ब. दनै, बिनोद ढकाल
शहीद मेमोरियल प्राविधिक शिक्षालयको कार्यसमिति
अध्यक्ष: बालकृष्ण नेपाली
उपाध्यक्ष: खिल ब. धमला
सचिव: कृष्ण प्र. ढकाल (शिशिर)
कोषाध्यक्ष: कृष्ण प्र. सिलवाल
सदस्य: महेश रिजाल
लेखा समिति
संयोजक: रामहरि अधिकारी
सदस्यहरू: गोकर्ण घिमिरे, सुनमाया श्रेष्ठ






