धादिङ । धादिङको गल्छी गाउँपालिका–४ मास्टारस्थित पृथ्वी लोकमार्गमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ।

आईतवार साँझ करिब ६ बजेतिर काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१–०२७ च. ०३४० नम्बरको बोलेरोले गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि (प्रा.स्वा.के. गजुरी) पठाइएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनलाई चिकित्सकले साँझ ६:४८ बजे मृत्यु घोषणा गरेका हुन्।

ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी करिब १०० जनाले साँझ ६:३० बजेदेखि बाटो अवरुद्ध गरेका थिए। अहिले भने स्थिति सामान्य रहेकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0