धादिङ । Zen-Z आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका एक बन्दीलाई धादिङमा पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार डाँका चोरी मुद्दामा ३ वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरिवाना भुक्तान गरिरहेका मोरङ सुन्दरहरैचा नगरपालिका–५ का ३५ वर्षीय राम तामाङलाई धादिङ गल्छी गाउँपालिका–७ मछेडीखाेलाबाट कार्तिक २२ गते पक्राउ गरिएको हो ।
फरार तामाङलाई पक्राउ गरी बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार उक्त व्यक्ति “Zen-Z आन्दोलन” का क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए ।






