बद्री पौडेल , ५ मङ्सिर २०८२ ,
धादिङ , धादिङबेसी स्थित नीलकण्ठ माध्यमिक विद्यालय धादिङबेसीमा अध्ययन गरेका एसएलसी २०४३ ब्याचका विद्यार्थीहरूद्वारा पहिलोपटक नमूनाका रूपमा प्रकाशित स्मारिका २०८२ साल पौष ५ गते धादिङबेसीस्थित होटल आर.के. मा एक विशेष समारोहबीच विमोचन गरिएको छ।
नगरपालिका संघका केन्द्रीय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गाना ले स्मारिकाको ऐतिहासिक विमोचन गर्नुभएको हो। कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख ढुङ्गानाले यस्ता सकारात्मक पहलले अन्य ब्याचका विद्यार्थीहरूलाई पनि प्रेरणा दिने उल्लेख गर्दै समूहगत सामाजिक कार्यमा नगरपालिकाको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख डा मुरारी अधिकारी, नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका सञ्चालक समितिका अध्यक्ष दीपक कोइराला तथा प्रधानाध्यापक विष्णुप्रसाद रिजाल ले यस किसिमको स्मारिका प्रकाशनले अन्य ब्याचका विद्यार्थीहरूलाई पनि मार्गदर्शन गर्ने भन्दै आयोजक टिमको प्रशंसा गर्नुभयो। साथै, भविष्यमा क्याम्पस तथा विद्यालयको तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहने प्रतिबद्धता ब्ब्यक्त गर्नु भयो , सो अवसरमा उपस्थित गुरुहरू भूपेन्द्रकुमार श्रेष्ठ, वासुदेव लम्साल, डम्बरबहादुर श्रेष्ठ, ईश्वरकुमार श्रेष्ठ तथा सरस्वती श्रेष्ठ लाई सम्मान गरिएको थियो। सम्मानित गुरुहरूको तर्फबाट भूपेन्द्रकुमार श्रेष्ठ र डम्बरबहादुर श्रेष्ठ ले मन्तव्य राख्दै यस कार्यक्रमले विगतका स्मृतिहरू पुनः ताजा बनाएको उल्लेख गर्दै आयोजक विद्यार्थी समूहलाई शुभकामना व्यक्त गर्नु भयो , कार्यक्रममा राष्ट्रिय गान तथा दिवंगत गुरु तथा साथीहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो। उपाध्यक्ष नेत्रप्रसाद नेपाल ले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम कार्यसमितिका अध्यक्ष थानेश्वर कोइराला को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन रामहरि अधिकारी ले गर्नुभएको थियो।






