धादिङ, ०६पौष २०८२—
“असल नेतृत्व आजको आवश्यकता” र “सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र स्थापना गरौँ” भन्ने नारासहित संयुक्त नागरिक पार्टी जिल्ला समिति धादिङद्वारा अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
आईतबार धादिङबेसीमा आयोजित कार्यक्रममा पार्टीलाई क्रिश्चियन पार्टी भनेर लगाइने आरोपप्रति आपत्ति जनाउँदै केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम कार्कीले संयुक्त नागरिक पार्टी सबै धर्म, जाति र समुदायको साझा पार्टी भएको स्पष्ट पारे। काँग्रेस, एमाले, राप्रपा लगायतका दलहरूले हिन्दु राज्यको पक्षमा आवाज उठाउँदा हिन्दु पार्टी नहुने तर संयुक्त नागरिक पार्टीलाई क्रिश्चियन पार्टी भन्नु अन्यायपूर्ण भएको उनको भनाइ थियो।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष डाक्टरले सिलास दिन दिएल चर्चमा राजनीति गर्ने होइन, चर्चलाई राजनीतिको मूलधारमा ल्याउने पार्टीको नीति रहेको बताए। उनले समावेशी सामाजिक लोकतन्त्र स्थापनाका लागि सबै समुदायको सहभागिता अनिवार्य रहेको उल्लेख गरे।
संयुक्त नागरिक पार्टी धादिङका संयोजक चेरोङ तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष दल मर्दन कामी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, शुभेच्छुक तथा पार्टी कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0