धादिङ

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नं. २ मा मंगोल नेशनल अर्गनाइजेसन (MNO) का तर्फबाट सन्तोष कुमार तामाङले उम्मेदवारी दर्ता गराएका छन्।

तामाङले आज जिल्ला निर्वाचन कार्यालय धादिङ पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उम्मेदवार तामाङले आदिवासी जनजाति, उत्पीडित वर्ग तथा सीमान्तकृत समुदायको हकअधिकार सुनिश्चित गर्ने, समान प्रतिनिधित्व, सामाजिक न्याय र समावेशी राज्य व्यवस्थाको पक्षमा आफू दृढतापूर्वक उभिने बताएका छन्। उनले धादिङ क्षेत्र नं. २ का जनताको समस्या संसद्मा बुलन्द रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरे।

मंगोल नेशनल अर्गनाइजेसनले यस निर्वाचनलाई पहिचान, अधिकार र स्वशासनको मुद्दा स्थापित गर्ने अवसरका रूपमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0