धादिङ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीबाट मङ तामाङले उम्मेदवारी दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टी पछिल्लो समय देशभर चुनावी गतिविधिमा सक्रिय देखिएको छ। पार्टीले नयाँ राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित विभिन्न जिल्लामा उम्मेदवार अघि सारेको छ।
धादिङको खनियावास गाउँपालिकामा जन्मिएका तामाङ विगत लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन्। उनी नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिने अनुमान गरिए पनि अन्ततः उज्यालो नेपाल पार्टी रोज्दै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्।
तामाङको उम्मेदवारीसँगै धादिङ क्षेत्र नम्बर २ मा निर्वाचन प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ। उज्यालो नेपाल पार्टीले ऊर्जा, सुशासन र विकासलाई मुख्य एजेन्डा बनाउँदै मतदातासामु जाने तयारी गरेको जनाएको छ।






