धादिङ
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत धादिङ संघीय निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसको तर्फबाट रमेश प्रसाद धमला उम्मेदवार बन्नु भएको छ।
नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रखर व्यक्तित्वका रूपमा परिचित धमला पार्टी संगठन र राष्ट्रिय राजनीतिमा लामो अनुभव भएका नेता हुन्। उनी यसअघि नेपाली काङ्रेस धादिङका पूर्व सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्।
राजनीतिसँगै पर्यटन व्यवसायीका रूपमा समेत परिचित धमला टान (नेपाल पर्वतारोहण संघ/ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल) का पूर्व अध्यक्षसमेत हुन्। पर्यटन क्षेत्रको विकास, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा उनको उल्लेखनीय योगदान रहँदै आएको छ।
नेपाली कांग्रेसले धादिङ–२ मा अनुभवी, सक्षम र जनस्वीकार्य नेतृत्वका रूपमा धमलालाई उम्मेदवार बनाएको जनाएको छ। उनको उम्मेदवारीसँगै क्षेत्रमा चुनावी माहोल थप तातेको छ भने प्रतिस्पर्धा रोचक बन्ने अपेक्षा गरिएको छ।






