धादिङ
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको पहिलो हुने निर्वाचित हुने प्रणाली अनुसार नेपाली कांग्रेसले धादिङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ बाट कृष्ण रिजाललाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेसका युवा नेता, स्पष्ट वक्ता तथा ठोस कार्ययोजना प्रस्तुत गर्ने नेताका रूपमा परिचित रिजाल नेपाल तरुण दलका केन्द्रीय सदस्य, पूर्व क्षेत्रीय सभापति तथा महासमिति सदस्यसमेत हुन्। पार्टी संगठन सुदृढीकरण, युवाको सहभागिता र जनमुखी राजनीतिमा उनको सक्रिय भूमिका रहँदै आएको छ।
पार्टीले क्षेत्र नं. १ मा कांग्रेसको संगठन मजबुत बनाउँदै जनताको विश्वास जित्न सक्ने सक्षम र ऊर्जाशील नेतृत्वका रूपमा रिजाललाई टिकट प्रदान गरेको जनाएको छ। आगामी फागुन २१ गते धादिङ–१ का आम मतदाताले दिने अमूल्य मतद्वारा उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने विश्वास नेपाली कांग्रेसले व्यक्त गरेको छ।
कांग्रेसको उम्मेदवारीसँगै धादिङ–१ मा चुनावी सरगर्मी बढेको छ भने प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ।






