५ माघ, काठमाडौं

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएको जनाइएको छ।

मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। रास्वपाले उनलाई ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनाउने तयारी गरेको छ।

यसअघि रास्वपाबाट चुनावी मैदानमा उत्रिने तयारीसँगै पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि आ–आफ्नो मन्त्री पदबाट राजीनामा दिइसकेका छन्।

रास्वपाले सरकारमा रहँदै चुनाव नलड्ने नीति अनुसार मन्त्रीहरूलाई पदबाट अलग गराएर प्रत्यक्ष जनसम्पर्कमा जाने रणनीति लिएको बताइएको छ। मन्त्रीहरूको एकपछि अर्को राजीनामासँगै समसामयिक राजनीतिक गतिविधि थप तातेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0