काठमाडौं, माघ ५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सोमबार रास्वपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेतृ गणेश पराजुलीले तामाङलाई टिकट प्रदान गरेका हुन्।
आशिका तामाङ धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रन लागेकी हुन्। पार्टीले युवामुखी र परिवर्तनकारी नेतृत्व अघि सार्ने रणनीतिअनुसार उनलाई उम्मेदवार बनाइएको जनाइएको छ।
यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेकी थिइन्। तर अन्ततः रास्वपाको टिकटसहित धादिङ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने निर्णय भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0