धादिङ

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नं. २ मा श्रम संस्कृति पार्टीका तर्फबाट टासी लामा तामाङले उम्मेदवारी दर्ता गराएका छन्।

टासी लामा तामाङले जिल्ला निर्वाचन कार्यालय धादिङमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।

उम्मेदवार तामाङले श्रमिकको सम्मान, श्रम संस्कृतिको प्रवर्द्धन, सामाजिक न्याय, रोजगारी सिर्जना तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। उनले धादिङ क्षेत्र नं. २ का जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

श्रम संस्कृति पार्टीले यस निर्वाचनलाई श्रमिक वर्गको हकहित र अधिकार स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0