धादिङ ।
मनोनयन दर्ताका क्रममा निर्वाचन अधिकृतको कार्यालयमा भएको घटनाप्रति नेकपा एमाले धादिङ जिल्ला कमिटीले औपचारिक रूपमा क्षमायाचना गरेको छ।
मंगलबार बसेको जिल्ला कमिटी बैठकले ०८२ माघ ६ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारी दर्ताका क्रममा टिकट विवाद र आन्तरिक असमझदारीका कारण उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गर्ने निर्णय गरेको हो।
जिल्ला कमिटीका अनुसार पार्टीभित्रकै विवादका कारण चन्द्र रिजाल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्न खोज्दा पार्टी कार्यकर्ताले समस्या समाधानका लागि पार्टी कार्यालयमै छलफल गर्न आग्रह गर्दै प्रवेशमा रोक लगाएका थिए।
उक्त घटनापछि आवेशमा आएका रिजालले निर्वाचन अधिकृत तथा सुरक्षाकर्मीले आफूलाई प्रवेश गर्न नदिएको आरोप लगाउँदै मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मामाथि दुव्र्यवहार गरेको एमालेले जनाएको छ।
घटनाका कारण आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका मुख्य निर्वाचन अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीको आत्मसम्मानमा असर पुगेको स्वीकार गर्दै जिल्ला कमिटीले गहिरो दुःख व्यक्त गरेको छ। साथै, भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी र सुरक्षा निकायलाई उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरिएको छ।
नेकपा एमालेले लोकतान्त्रिक प्रक्रिया, निर्वाचन प्रणाली तथा त्यसमा संलग्न सबै निकायप्रति सम्मान व्यक्त गर्दै आवश्यक सहयोगका लागि सधैं तयार रहने प्रतिबद्धता पुनः दोहोर्याएको छ।
धादिङ एमालेद्वारा निर्वाचन अधिकृत कार्यालयमा भएको घटनाप्रति क्षमायाचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






