धादिङ ।
नेकपा एमाले धादिङले कार्यकर्ता संरक्षण कोषको सुरुवात गरेको छ ।
नेकपा एमालेले कार्यकर्तालाई समस्या पर्दा सहयोग गर्ने गरि कोस स्थापना गर्ने निर्णय भएकोले बिहिबारबाट कोषको सुरुवात गरिएको हो
नेकपा एमाले धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली) ले कोषमा एक लाख रुपैयाँ राखेर कोषको सुरु गर्नुभएको छ ।
कार्यकर्ता संरक्षण गर्न, विपद पर्दा, घाइते विरामी पर्दा सहयोग गर्ने गरि कोषको स्थापना गरिएको र एमाले कार्यकर्तालाई कोषमा सहयोग गर्नका लागि नेकपा एमाले धादिङले आग्रह गरेको छ ।
धादिङ एमालेद्वारा कार्यकर्ता संरक्षणकोषको सुरुवात
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






