११ माघ २०८२
कास्की , पोखरा
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन्। उनले पोखरा महानगरपालिका–१७ निवासी सर्मिला मित्रकोटीसँग कास्की जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन्।
परियारले लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको जानकारी दिएका छन्। विवाह कार्यक्रममा सहभागी अशोक खड्काका अनुसार मित्रकोटी पोखरामा व्यवसाय गर्दै आएकी छन्। उनी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध रहे पनि हाल व्यवसायमै सक्रिय रहेको बताइएको छ।
कानुनी प्रक्रिया अनुसार सम्पन्न उक्त विवाहमा परिवारका सदस्य तथा नजिकका आफन्तहरूको मात्र उपस्थित रहेको जनाइएको छ।






